२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकले गोरखामा गर्यो दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग


सञ्चार डबली
  • बुधबार, चैत १३ २०८१
  • 5.7K
    SHARES

  • images
    सानिमा बैंकले गोरखामा गर्यो दुई दिने स्वास्थ्य शिविरमा आर्थिक सहयोग

    बुधबार, १३ चैत २०८१
    काठमाडौं । शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिदलखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैंकले आर्र्थिक सहयोग गरेको छ ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

    गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् । उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क औषधी पनि वितरण गरिएको छ ।

    बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको छ ।सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend