२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता सम्पन्न


सञ्चार डबली
  • मंगलबार, चैत १२ २०८१
  • 5.2K
    SHARES

  • images
    एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय साक्षरता सम्पन्न

    काठमाडौं । नेपाल राष्ट बैंकको संयोेजनमा बिगत वर्षहरजस्तै यस वर्ष पनी एभरेष्ट बैंकले चैत ४ गतेदेखी सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी वीककोे उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुलरक्याम्पसमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीबिच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ । उक्त कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ ।

    Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
    पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend