२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम


सञ्चार डबली
  • मंगलबार, चैत १२ २०८१
  • 4.9K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

    मंगलबार, चैत १२ २०८१
    काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा 'think before you follow, wise money tomorrow' भन्ने नाराका साथ चैत्र ४ देखि १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रमहरूको आयोजना गरेको छ ।

    सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो ।

    उक्त कार्यक्रमहरु कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी (बिराटनगर) र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन र सिमरा, बागमति प्रदेशको दरबारमार्ग, न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौंडा, गन्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत, सुदुर पश्चिम प्रदेशको धनगढी, शिबनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द«नगर लगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रममा पन्ध्र सय भन्दा बढी बालबालिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend