२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट


सञ्चार डबली
  • आइतबार, चैत १० २०८१
  • 6.9K
    SHARES

  • images
    नेप्से परिसूचकको ओरालो यात्रा कायम, ५४ अङ्कको गिरावट

     

     

    काठमाडौं । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।

    आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री हुँदा छ अर्ब ३२ करोड एक लाख ४१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा बैंकिङ समूह एक दशमलव ४७, विकास बैंक दुई दशमलव ४२, वित्त दुई दशमलव ९९, होटल तथा पर्यटन दुई दशमलव २३, जलविद्युत् दुई दशमलव ३३, लगानी दुई दशमलव शून्य पाँच र जीवन बिमा समूह एक दशमलव ८५ प्रतिशतले घटेको छ ।

    यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ४६, लघुवित्त दुई दशमलव ३६, म्युचुअल फण्ड शून्य दशमलव ६४, निर्जीवन बिमा दुई दशमलव शून्य सात, व्यापार दुई दशमलव ८५ र अन्य समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।

    कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ७२ प्रतिशतले बढेको छ । बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ४२ करोड छ लाख ३४ हजार नौ सय ८१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार तीन सय ७१ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend