२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट


सञ्चार डबली
  • आइतबार, चैत १० २०८१
  • 5.9K
    SHARES

  • images
    ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट
     

    काठमाडौं । ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । कम्पनीले  ८ लाख ७३ हजार ६१.२२५ कित्ता लिलामी  सेयर चैत ४ गते बाँडफाँट गरिएको हो । 


    जसमा न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको थियो । 

    कम्पनीले लिलामी बाँडफाँटमा नपरेको सेयरको पैसा सोमबार (चैत ११ गते) देखि फिर्ता दिने भएको छ । कम्पनीले आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउने जनाएको छ । 

    यता, कम्पनीले आफ्नोे खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend