२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बजेट पुस्तिकामा प्रदेशको नाम सच्याउन सभामुख देवराज घिमिरेको निर्देशन


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 8.2K
    SHARES

  • images
    बजेट पुस्तिकामा प्रदेशको नाम सच्याउन सभामुख  देवराज घिमिरेको निर्देशन
    काठमाडौं, ५ असार । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विजिनयोजन विधेयकका मन्त्रालयगत कार्यक्रमम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

    प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल चलिरहँदा केही मन्त्रालयका कार्यक्रमको पुस्तिकामा प्रदेशको नाम अंकमा लेखिएपछि प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएको थियो । यसपछि सभामुख घिमिरेले प्रदेशको नाम सच्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

    सभामुख घिमिरेले निर्देशन दिँदै भने–

    माननीय सदस्यहरु,

    हामी विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौं । सम्बन्धित मन्त्रालयहरुबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषयहरु, खास गरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षण सहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । साथै, त्यस्ता कुनै त्रुटिहरु भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु ।

    त्यसैगरी सभाको आजको कार्यसूचीमा रहेको सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक रुपमा सम्पादन हुने कार्यक्रमको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरुले प्रश्न उठाइसके पश्चात माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने समेत प्रतिबद्धता व्यक्त गरिसक्नुभएकाले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकता अनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend