२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार


सञ्चार डबली
  • शुक्रबार, चैत ८ २०८१
  • 5.8K
    SHARES

  • images
    नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

     शुक्रबार, ०८ चैत्र २०८१

    काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको  ‘Best 25 Visa Spender Campaign’ ’मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् ।

    भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।

    बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सिइओ मनोजकुमार ज्ञवाली, डेपुटी सिइओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend