२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • बिहीबार , चैत ७ २०८१
  • 7.4K
    SHARES

  • images
    सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडाैं, चैत ७ । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

    उक्त कार्यक्रम चैत ७ गते पनौती नपा–८ काभ्रेमा अवस्थित तेजगंगा बहुमुखी क्याम्पसमा सम्पन्न भएको हो ।

    तेजगंगा बहुमुखि क्याम्पसका कक्षा ११ तथा १२ का गरी जम्मा ७५ जना विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवालगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

    सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्रप्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend