२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा जीआइसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • बिहीबार , चैत ७ २०८१
  • 6.1K
    SHARES

  • images
    सानिमा जीआइसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


    काठमाडौं ।   सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

     उक्त प्रस्ताव पारित गर्न चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउने छन् । 

    सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साथै, सभाले छैटौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी अब १७ प्रतिशतमात्र हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend