२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिन्धुली कारागारलाई मन्त्री श्रेष्ठद्वारा राइस स्टिमर मेशिन हस्तान्तरण


सञ्चार डबली
  • मंगलबार, असार ५ २०८०
  • 8.9K
    SHARES

  • images
    सिन्धुली कारागारलाई मन्त्री श्रेष्ठद्वारा राइस स्टिमर मेशिन हस्तान्तरण

    काठमाडौंं ५ असार । आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तानतरण गरेका छन ।जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तानतरण गरेको बाग्मती प्रदेशका मन्त्रीले सो जानकारी दिएका हुन ।

    १ हजार भन्दा बढि कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएका हुन । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो ।

    केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend