काठमाडौं, चैत ६ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँगको साझेदारीमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने बैसाखी वितरण गरेको छ ।
देशभरिबाट शारीरिक अपाङ्गता भएका व्यक्तिबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैसाखी तथा सेतो छडीको आवश्यकताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेकाले सोही संस्थाको समन्वयमा बैंकले बैसाखी वितरण गरेको हो । उक्त सहयोगबाट उनीहरूको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।


