२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा पान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न मिल्ने सुविधा थप


सञ्चार डबली
  • बुधबार, चैत ६ २०८१
  • 6.3K
    SHARES

  • images
    सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा पान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न मिल्ने सुविधा थप

    सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा थप दुई सुविधा थपेको छ । बैंकले ग्राहकहरूको लागि अब घरमै बसी आफ्नो खातामा पान अपडेट गर्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा अनुरोध गर्न सकिने व्यवस्था मिलाएको हो ।

    यस सुविधापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।

    साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन सकिने सुविधा बैंकले ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend