२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड


सञ्चार डबली
  • मंगलबार, चैत ५ २०८१
  • 6.6K
    SHARES

  • images
    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँड

    मंगलबार, चैत ५ २०८१
    काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा मङ्गलबार बिहान कम्पनीको आइपिओ बाँडफाँट भएको हो ।

    कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीको आइपिओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए।

    जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ। मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपिओ बाँडफाँट गरिएको हो।

    जस अनुसार कूल २२,५०,००० कित्ता साधारण शेयरको १०% अर्थात २,२५,००० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई, ३ प्रतिशत अर्थात ६७,५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १,१२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरे पश्चात् बाँकी रहेको १८,४५,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

    लगानीकर्ताहरुले आइपिओ बाँडफाँडको नतिजा https://iporesult.cdsc.com.np/ बाट हेर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend