काठमाडौं । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न दुई पक्षबीच सम्झौता भएको हो ।
बैंक तथा कोषबीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरूले हिमालयन बैंकमा खाता खोली बैंकले प्रदान गर्दै आएको हिमाल रेमिट, मोबाइल बैंकिङ वा कार्डमार्फत् सहज रूपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् ।


