२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आठ महिनामा बैंकमा बढ्यो निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाह 


सञ्चार डबली
  • मंगलबार, चैत ५ २०८१
  • 6.2K
    SHARES

  • images
    आठ महिनामा बैंकमा बढ्यो निक्षेप सङ्कलनको तुलनामा कर्जा प्रवाह 

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिना अर्थात् साउनदेखि फागुनसम्ममा वाणिज्य बैंकहरूमा दुई खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो गएको असारको तुलनामा चार दशमलव ९० प्रतिशतले धेरै हो । गएको असार मसान्तमा बैंकहरूको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रहेकामा गत फागुनसम्म बढेर ६० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।

    यस्तै आठ महिनामा २० वटा वाणिज्य बैंकले गरी दुई खर्ब ८० अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । यो गएको असार मसान्तको तुलनामा यो ६ दशमलव १२ प्रतिशतले धेरै हो । असारमा ४५ खर्ब ७१ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा फागुनसम्म बढेर ४८ खर्ब ५१ रुपैयाँ पुगेको छ ।

    कर्जा र निक्षेपको तथ्याङ्कले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा निक्षेपभन्दा कर्जाको वृद्धिदर उच्च रहेको देखाएको छ । अहिले वाणिज्य बैंकहरूमा झन्डै पौने ६ खर्ब रुपैयाँ लगानीयोग्य पूँजी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend