२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाढीपहिरो पीडितको उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नैनसिंह महर


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 9.0K
    SHARES

  • images
    बाढीपहिरो पीडितको उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नैनसिंह महर

     

    काठमाडौ, ४ असार । बाढीपहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले असार सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको र त्यसको पूर्व तयारीमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।

    शनिबार यता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा एक जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका छन्। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना छ। सरकारले पीडितको उद्धार तथा राहतमा ध्यान देओस्,उनले भने। शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङमा पनि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको घटनाले सवैलाई दुखी बनाएको उनको भनाइ छ।

    नेपाली कांग्रेस गठबन्धनको ठूलो दल हो। सरकारको सफलता र असफलतासँग कांग्रेसको पनि सफलता र असफलता जोडिन्छ। त्यसैले जनताको हितमा काम गर्न तदारुप्ता देखाउन म सरकारसँगै कांग्रेसका मन्त्रीहरूलाई पनि आग्रह गर्छुु, उनी भन्छन्। दैविक प्रकोपबाट हुने क्षति रोक्न कांग्रेसले केही गरिदेओस् भन्ने जनचाहना रहेको बताउँदै नेता महरले त्यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए।

    दैविक विपत्ति कतिखेर आउँछ भन्ने थाहा नहुने भएकाले जनतालाई राहत प्रदान गर्नुका साथै उद्धारका लागि सरकार तयारी अवस्थामा रहनु पर्ने उनले औंल्याए। ठूलो धनजनको क्षति हुँदा पनि सरकारको राहत तथा उद्धार सं‌यन्त्र समयमै पुग्न नसक्ने अवस्था देखिन नहुने उनको भनाइ छ।

    ुअहिले त असार सुरुमात्रै भएको छ। पानी नै परेको छैन। सामान्य पानी पर्दा नै यत्रो विपत्ति आइसकेकाले यसबाट सरकारले पाठ सिकेर उच्च सतर्कता अपनाउनुपर्छु, महरले भने। यसका साथै दैविक विपत्तिमा परेका परिवारलाई स्थानीय र प्रदेश सरकारले पनि उचित राहत प्रदान गर्नुपर्ने र कांग्रेस पार्टीको सम्पूर्ण तागत राहत उद्धार कार्यमा लगाउनसमेत उनले अनुरोध गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend