२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सांसद हरि ढकालको नेतृत्वमा गभर्नर महाप्रसाद अधिकारी भेट्न पुगे लगानीकर्ता


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 8.7K
    SHARES

  • images
     सांसद हरि ढकालको नेतृत्वमा गभर्नर महाप्रसाद अधिकारी भेट्न पुगे लगानीकर्ता

     

    काठमाडौ,  ४ असार । सेयर बजारका लगानीकर्ताहरुले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएका छन् । सांसद हरि ढकालको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि ८ बुँदे  सुझाव दिएको हो ।
     

    उनीहरुले सेयर धितोकर्जामा एकल ग्राहकलाई लगाइएको १२ करोडको सीमालाई हटाउन माग गरेका छन् । सेयर धितोकर्जाको जोखिम भारलाई पुनरविचार गर्न माग गरेका छन् । ब्रोकरमार्फत सेयर धितोकर्जा प्रभावकारी बनाउनको लागि १० अर्बको कोष खडा गर्न माग गरेका छन् ।

     
    बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, ब्याज दर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कमगर्ने लगायतका माग राखेका छन् । केन्द्रीय बैंकको प्रावधानअनुसार चालु आर्थिक वर्षको सकिएको एक साताभित्र आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्नुपर्छ । सोहीअनुसार अहिले केन्द्रीय बैंकले आगामी वर्षको मौद्रिक नीतिको लागि सरोकारवालासँग सुझाव मागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend