२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सामान्य अंकले ओरालो लाग्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 8.0K
    SHARES

  • images
    सामान्य अंकले ओरालो लाग्यो सेयर बजार

     

    काठमाडौ, ४ असार । सेयर बजारमा आज झिनो अंकले ओरालो लागेको छ । आज नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।

    त्यसो त नेप्सेले आज इन्ट्रा डेमा २१ सय विन्दुको मनोवैज्ञानिक रेखा क्रस गर्न सफल भयो । बजार खुल्ने बित्तिकै सूचक २१ सय विन्दुमाथि पुगेको थियो । तर, यसरी बजारले माथिल्लो विन्दु तय गर्नेबित्तिकै ट्रेडरहरु हावी भइहाले । उनीहरुले प्रोफिट बुक गर्न लाग्दा फेरि सूचकले केही दबाबको सामना गर्नुपर्‍यो । फलस्वरुपः नेप्से सूचक पुनः २१ सय विन्दुभन्दा तल झर्‍यो ।

    समग्रमा आज दिनभर सूचक उतारचढाव भइरह्यो । एकातिर क्रेताहरु हावी हुँदा बजार माथितिर जाने पटकपटक पहल गर्‍यो । फेरि, त्यही बेला नाफा बुक गर्न चाहने अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय रहे । यसरी कारोबार अवधिभर क्रेता र बिक्रेताबीच राम्रैसँग घम्साघम्सी चलेको देख्न सकिन्थ्यो ।

    तर, समग्रमा हेर्ने हो भने पछिल्ला दिनहरुमा सेयर बजारमा सकारात्मक माहोल बनिरहेको छ । अहिलेको बजारको सबल पक्ष भनेको सूचकमात्र नभई कारोबार रकमले पनि तेजी लिनु हो । आज २७६ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend