२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?–देवेन्द्र पौडेल


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 8.8K
    SHARES

  • images
    उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?–देवेन्द्र पौडेल

    काठमाडौं, ४ असार । नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राखेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रस्तुत बजेटबाट उत्तरगङ्गा जलाशययुक्त परियोजना हराएकाले यसको खोजी गर्न अनुरोध गरेका छन् ।

    “सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?”, बागलुङका सांसद पौडेलले प्रश्न गर्नुभयो, “किन यो आयोजना बजेटमा परिरहेको छैन?”

    समयमै उक्त परियोजना निर्माण हुन नसक्दा सो क्षेत्रमा विमानस्थललगायत अन्य भौतिक पूर्वाधार बनाउन नसकिएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका परियोजनालाई अल्झाइ रहने विषयमा सचेत हुनुपर्ने बताएका छन् । सांसद पौडेलले कम लागतमा उच्च प्रतिफल दिने अन्य ओजनालाई पनि अगाडि बढाउन सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend