२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कूटनीतिक नियोगका लागि विनियोजित बजेट वस्तुपुरक छैन : रघुवीर महासेठ


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 7.8K
    SHARES

  • images
    कूटनीतिक नियोगका लागि विनियोजित बजेट वस्तुपुरक छैन : रघुवीर महासेठ

    काठमाडौं, ४ असार । विदेशस्थित नेपाली कूटनीतिक नियोगका लागि विनियोजित बजेट वस्तुपुरक नरहेको नेकपा (एमाले)का नेता रघुवीर महासेठले दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले नियोगका लागि हचुवाका भरमा बजेट निर्धारण गरिएको बताएका छन् ।

    “अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर कनिका छरेझै बजेट छर्ने काम भएको छ । भोजभतेरका लागि भन्दा पनि आर्थिक कूटनीति, पर्यटन, लगानी र निर्यात प्रवद्र्धनका लागि बजेट छुट्याउनुपर्ने थियो, सरकारले त्यसतर्फ ध्यान दिएन”, पूर्वपरराष्ट्रमन्त्री महासेठले भने ।

    नियोगमा रहेको असन्तुलित जनशक्ति व्यवस्थापनको समस्या सम्बोधन गर्नेतर्फ बजेटले ध्यान दिन नसकेको उनको भनाइ छ । श्रम गन्तव्य मुलुमा रहेका दूतावासमा कूटनीतिक तथा स्थानीय कर्मचारीको सङ्ख्या अभाव रहेको र लाखौँ नेपाली श्रमिक रहेको देशमा रहेको दूतावासमा कर्मचारीको अभावका कारण श्रमिकले दुःख पाइरहेको भन्दै उहाँले दूतावासमा कर्मचारीको व्यवस्था गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन् ।

    ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत मुलुकमा श्रम सहचारीको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् । “जापन, दक्षिण कोरिया, अस्ट्रेलियालगायत मुलुकमा रहेको दूतावासमा कर्मचारीको सङ्ख्या अन्यन्त न्यून छ, नेपाली कूटनीतिक नियोगको भाडा तिर्न मात्रै ठूलो रकम खर्चनु परेको छ, सरकारले त्यस्ता मुलुकमा जग्गा खरिद गरेर कूटनीतिज्ञका लागि घर बनाउनुपर्छ”, उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend