२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संसदमा सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्छ : सांसद यादव


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 8.4K
    SHARES

  • images
    संसदमा सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्छ : सांसद यादव

     

    काठमाडौं, ४ असार । सदनमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका सुझावलाई समेटेर बजेट परिमार्जन गरिनुपर्ने सांसद रामकृष्ण यादवको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले संसद्मा आएको सुझावलाई ग्रहण गरी सरकारले बजेटलाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।

    “जेठ १५ गते बजेट पेस भयो, हामी बजेटमाथि छलफल गरिरहेका छौँ, सांसदले उठाएका विषय बजेटमा समेटिँदैनन् भन्ने कुरा आइरहेको छ”, उनले भने । “बजेट परिमार्जन गर्न नहुने तर वर्षभरि रकमान्तर एवं करका दर हेरफेर गर्ने विसङ्गत अभ्यासलाई अब परिवर्तन गर्नुपर्छ ।”

    सरकारको नीति तथा कार्यक्रम एवं बजेट तर्जुमाको कार्यतालिका परिवर्तन गरेर जानुपर्नेमा उनले जोड दिएका छन् । “माघको अन्तिम साता सरकारको नीति तथा कार्यक्रम ल्याउने, फागुनको तेस्रो साता त्यसलाई परिमार्जनसहित पारित गर्ने, परिमार्जित नीति कार्यक्रमको जगमा उभिएर चैतको दोस्रो साता आगामी आवको बजेट ल्याएर पर्याप्त छलफल गरी जेठ मसान्तसम्म पारित गर्ने व्यवस्था मिलाउनुपर्छ”, सांसद यादवले भने ।

    उनले बजेट विनियोजन गर्दा आवश्यकता र औचित्यका आधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । आगामी आवको बजेटमा आवश्यकता भएको ठाउँमा बजेट नै नराखिएको उनको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend