२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनको मूल्य स्थिर, घट्यो चाँदीको भाउ


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 8.8K
    SHARES

  • images
    सुनको मूल्य स्थिर, घट्यो चाँदीको भाउ


    काठमाडौ, ४ असार । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ।आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend