२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बीपीडब्लु लघुवित्तको साधारण सभा २६ असारमा बस्ने


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 7.5K
    SHARES

  • images
    बीपीडब्लु लघुवित्तको साधारण सभा २६ असारमा बस्ने

    काठमाडौ, ४ असार । बीपीडब्लु लघुवित्तले २६ असारमा वार्षिक साधारण सभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

    साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सर्वसाधारण सेयरधनीहरु मध्येबाट दुईजना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ । सभाले सामुदायिक लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पारित गर्नेछ ।

    सभा प्रयोजनका लागि संस्थाले १२ असारदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, ११ असारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend