२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • सोमबार, असार ४ २०८०
  • 7.4K
    SHARES

  • images
    रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

    काठमाडौं, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको हो । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

    रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भए पछि त्यसलाई टुंगो लगाएर असार ७ गते औपचारिक रुपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथी पनि छलफल हुने उनले जानकारी दिए ।

    महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईं सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्तावेजमा उल्लिखित शासकीय स्वरूप, संघीयतालगायतका बिषयमा केन्द्रिय नेताहरु बिचमा नै बिबाद देखा परेको छ । सो बिषयमा पनि प्रारम्भिक छलफल हुने जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend