२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशन भोलीदेखि हुँने


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.2K
    SHARES

  • images
    नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशन भोलीदेखि हुँने

    काठमाडौं, ३ असार । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन भोलीदेखि काठमाडौंमा हुँने भएको छ । आइतबार युनियनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भोलीदेखि सातौं महाधिवेशन हुने जनाएको हो ।

    युनियनका महासचिव योगेन्द्र कुँवरले सातौँ राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि ६ गतेसम्म चल्ने बताएका छन् । उनले नेपाल ट्रेड युनियन कांग्रेसको विधानतः सम्पन्न गर्नुपर्ने ७७ जिल्ला समिति, सात वटा प्रदेश र २७ वटा सम्बद्ध राष्ट्रिय आबद्ध संघको अधिवेशन सम्पन्न भइसकेको पनि बताए ।

    महाधिवेशनमा करिब १५ सय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने बताइएको छ । असार ४ गते दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन उद्घाटन हुने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend