२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एमालेमा जान तयार वामदेव गौतम, दोस्रो वरीयता चाहिने सर्त


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.4K
    SHARES

  • images
    एमालेमा जान तयार वामदेव गौतम, दोस्रो वरीयता चाहिने सर्त

     

    काठमाडौं, ३ असार । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमालेमा जान दोस्रो वरीयता चाहिने सर्त राखेका छन् । आज च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले आफू एमालेमा फर्किन तयार रहेको र यसका लागि दोस्रो वरीयता दिनुपर्ने सर्त राखेका हुन् । अध्यक्षपछिको दोस्रो वरीयता दिएमा आफू एमालेमा फर्किन तयार रहेको नेता गौतमले अध्यक्ष ओलीलाई जानकारी गराएका हुन् ।

    आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने बताएका गौतमलाई अध्यक्ष ओलीले आफू सकारात्मक रहेको र यसबारे नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । एमालेमा अहिले अध्यक्ष ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रो वरीयतामा छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend