२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

५२.२६ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.9K
    SHARES

  • images
    ५२.२६ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि

     

    काठमाडौ, ३ असार । सेयर बजारमा उत्साह आउनेक्रम आज पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।

    सूचकका साथमा कारोबार रकमले पनि साथ दिँदै गएको छ । यस दिन २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँ कारोबार भएको छ ।

    ३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend