२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यही असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने सहमति


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.3K
    SHARES

  • images
    यही असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने सहमति

    काठमाडौं, ३ असार । यही असार ५ गते समाजवादी मोर्चा घोषणा गर्ने सत्तारूढ नेकपा माओवादी केन्द्रसहित चार दलका शीर्ष नेताहरुबीच सहमति भएको छ । आज बिहान बालुवाटारमा भएको चार दलका शीर्ष नेताबीचको छलफलले मोर्चा घोषणाको मिति तय गरेको हो ।

    बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रको तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी भएका थिए ।

    समाजवादी मोर्चामा डा‍‍.बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको संयोजकत्वमा रहेको राष्ट्रिय एकता अभियानसमेत गरि ६ दल समेट्ने तयारी भएपनि आजको छलफलमा बाबुराम र वामदेव सहभागी थिएनन् । प्रगतिशील र समाजवादी शक्तिहरुको गठबन्धनलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ । मोर्चाको १५ बुँदे नीतिगत प्रतिबद्धतामा दलहरु सहमत भएपछि यसको घोषणा गर्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend