२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रदेशको नाम अंकमा लेखेपछि पर्यटन मन्त्रालयको छलफल संसदको कार्यसूचीबाट हटाइयो


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 7.6K
    SHARES

  • images
    प्रदेशको नाम अंकमा लेखेपछि पर्यटन मन्त्रालयको छलफल संसदको कार्यसूचीबाट हटाइयो

    काठमाडौं, ३ असार । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० का विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भइरहेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको छ ।

    एमालेका सचेतक महेश बर्तौलाले प्रदेशसभाबाट भारी बहुमतले राखेको नाम उल्लेख नगरेर अंकमा लेखिएकाले उक्त मन्त्रालयगतको शीर्षकमाथि छलफल हुन नसक्ने भन्दै सदनको ध्यानाकर्षण गराए । नसच्याएसम्म छलफल हुनै नसक्ने उनले बताएपछि सभामुख देवराज घिमिरेले सदनको ध्यानाकर्षण भएको जानकारी दिए ।

    त्यसपछि यसबारे जवाफ दिन उनले पर्यटनमन्त्री सुदन किराँतीलाई समय दिए । त्यसपछि मन्त्री किराँतीले पुस्तकको पेज नम्बर ११ देखि १८ सम्म प्रदेशको नामको सट्टा अंक उल्लेख भएकाले सच्याएर ल्याउने जानकारी गराए ।

    यसपछि सभामुख घिमिरेले अंकको स्थानमा नाम मानेर मन्त्रालयगत छलफल अघि बढाउन आग्रह गरे । तर, एमालेले नमानेपछि सभामुख घिमिरेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको छलफललाई कार्यसूचीबाट हटाए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend