२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दोल्ती पावर कम्पनीको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 7.6K
    SHARES

  • images
    दोल्ती पावर कम्पनीको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

    काठमाडौं, ३ असार । दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ह्वातै घटेको छ । चैत मसान्तसम्म आइपुग्दा यस कम्पनीले ५ करोड ७३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५० लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

    एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै खुद नाफा प्रभावित भएको हो । गत वर्ष यसैअवधिमा यस कम्पनीले ८ करोड ३७ लाख ४ हजार रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा यो वर्ष ६ करोड १ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ ।

    चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा छ । यस कम्पनीले केही समय पहिले मात्रै आइपीओ जारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend