२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

४२ वटा हाइड्रोपावर कम्पनीले पाए आइपीओ निष्कासन गर्ने अनुमति


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.2K
    SHARES

  • images
    ४२ वटा हाइड्रोपावर कम्पनीले पाए आइपीओ निष्कासन गर्ने अनुमति

    काठमाडौं, ३ असार । नेपाल धितोपत्र बोर्डले गत र चालु आर्थिक वर्षको यस अवधिसम्ममा कुल ४२ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ । गत वर्ष १९ र चालु आर्थिक वर्षमा यसले २३ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।

    अहिलेसम्म आइपीओ निष्कासन गर्न अनुमति पाएका यस्ता कम्पनीहरुमध्ये आधाभन्दा धेरैले यही २ आर्थिक वर्षमा स्वीकृति प्राप्त गरेको देखिन्छ । चालु आर्थिक वर्ष सकिन अझै १ महिना बाँकी छ । र, बोर्डबाट आइपीओ बिक्री गर्न अनुमति कुरेर बसेका हाइड्रोपावर कम्पनी पनि धेरै छन् ।

    तसर्थ, यो संख्या अझै बढ्ने संभावना उत्तिकै रहन्छ ।पछिल्लो समय साधारण सेयर जारी गर्ने हाइड्रोपावर कम्पनीको संख्या ह्वात्तै बढेको छ । उनीहरुले पुँजी जुटाउनलाई आइपीओ निष्कासन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend