२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाढीपहिरोका कारण यातायात र सञ्चार सुविधाबाट बन्चित ताप्लेजुङ, ५० करोडको क्षति


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 7.5K
    SHARES

  • images
    बाढीपहिरोका कारण यातायात र सञ्चार सुविधाबाट बन्चित ताप्लेजुङ, ५० करोडको क्षति

     

    काठमाडौं, ३ असार । शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा उनले बाढीपहिरोका कारण सडक र पुलमा भएका क्षतिका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधानबाट बन्चित हुन पुगेको जानकारी दिए ।

    बाढीपहिरोले हेवा खोलाको पुल र तमोर करिडोरको बेलिब्रिज भत्काएसँगै ताप्लेजुङ यातायात सेवाबाट बन्चित भएको जानकारी दिएका उनले मेची राजमार्गको हेवा खोलाको करिब ४६ मिटर पुल बगाउँदा सो राजमार्ग अवरुद्ध हुन पुगेको बताए ।

    यीसहित विभिन्न स्थानको बाटो र पुल भत्किँदा ५० करोड बराबरको क्षति भएको र १० दिनभित्र सक्ने गरी बेलिब्रिज निर्माणकोको काम थालिएको उनले बताए । साथै सडक र पुल निर्माण र अवरुद्ध सडक खुलाउने निर्देशन दिइएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend