२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारत सुगौली सन्धिबाट पछि हटेको हो ?–ठाकुर गैरे


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 7.5K
    SHARES

  • images
    भारत सुगौली सन्धिबाट पछि हटेको हो ?–ठाकुर गैरे

     काठमाडौ, ३ असार । भारत सुगौली सन्धिबाट पछि हटेको हो भन्दै नेकपा (एमाले) का सांसद ठाकुर गैरेले सरकारसँग जवाफ माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारलाई त्यसबारे जानकारी दिन ध्यानाकर्षण गराउँदै नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहनुपर्ने बताएका छन् ।

    सांसद गैरेले भने, ‘नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेको हुन् भनेर गलत प्रचार गर्ने भारत, अहिले कपिलवस्तु र लुम्बिनीलाई सदनमा नक्सांकन गरेर गलत प्रचार भइरहेको छ’, सांसद गैरेले भने, ‘अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह हुनुको साथै त्यसका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर गलत अभिव्यक्ति दिइसकेका छन् । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौली सन्धिबाट पछि हटेको हो’, गैरेको प्रश्न छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend