२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

डिप्रोक्स र आदर्श लघुवित्तले सुरू गर्यो एकीकृत कारोबार 


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 9.2K
    SHARES

  • images
    डिप्रोक्स र आदर्श लघुवित्तले सुरू गर्यो एकीकृत कारोबार 


    काठमाडौ, ३ असार । डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ । कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वाशुप्रसाद उपाध्याय र सुशन कर्माचार्यले प्राप्तिसम्बन्धी कार्यको अनुभव सुनाएका थिए ।

    डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्यसहित संस्थाको एकीकृत कारोबारपछिको अवस्थाको बारेमा जानकारी गराएका थिए। सुरुवातमा ८१ लाख २० हजार चुक्ता पुँजीबाट सुरु भएको संस्थाको एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख पुगेको छ ।

    अब संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ । २ लाख ५९ हजार ९५५ सदस्यहरुको ८ अर्व ८२ करोड ८८ लाख बचत समेत लगानीमा रहिरहेको र साँवा १९ अर्व ५६ करोड ५१ लाख पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend