२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.7K
    SHARES

  • images
    बाढीपहिरोबारे सांसदले गराए सरकारको ध्यानाकर्षण

     

    काठमाडौं, ३ असार । सांसदहरुले पूर्वी पहाडी क्षेत्रमा गएको बाढीपहिरोको क्षति, उद्धार र राहतबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोले २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरुले पीडितहरुको उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    सांसख खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताए । सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएका जानकारी दिए ।

    सांसदद्वय खड्का र भट्टराई बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए । यस्तै सांसद रामकुमार राई र अशोककुमार चौधरीले बाढीपहिरोबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend