२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रतिनिधिसभा बैठक बस्दै : तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने


सञ्चार डबली
  • आइतबार, असार ३ २०८०
  • 8.2K
    SHARES

  • images
    प्रतिनिधिसभा बैठक बस्दै : तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

     


    काठमाडौं, ३ असार । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।


    यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो । सम्भावित कार्यसुची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend