२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

समाजवादी मोर्चाको घोषणा असार ४ गते हुँने


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 9.8K
    SHARES

  • images
    समाजवादी मोर्चाको घोषणा असार ४ गते हुँने


    काठमाडौं, २ असार । समाजवादी मोर्चाको घोषणा असार ४ गते हुने भएको छ ।नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आज असार ४ गते मोर्चाको घोषणा हुन लागेको जानकारी दिएका हुन ।

    उनका अनुसार असार १ गते घोषणा गर्ने भनिए पनि प्रावधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा असार ४ गते हुनेछ ।चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले त्यसलाई मुर्त रुप दिनका लागि छलफललाई तिब्रता दिईएको उनको भनाई छ ।

    ‘देशको राजनीतिक अस्थिरता रोक्नका लागि मोर्चा गठन गर्न लागिएको हो,’ उनले भने, ‘सरकारमा रहेका र बाहिर रहेका कम्युनिष्ट पार्टीबीच भएका छलफल टुङ्गिसकेको छ, अब केही प्राविधिक समस्या हल हुने बित्तिकै घोषणा हुुनेछ ।’ उनका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भए पनि अब मुर्त रुप लिन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend