२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई हेटौडाका जनप्रतिनिधिले बहिस्कार गर्ने


सञ्चार डबली
  • शनिबार, असार २ २०८०
  • 8.4K
    SHARES

  • images
    बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई हेटौडाका जनप्रतिनिधिले बहिस्कार गर्ने


    काठमाडौं, २ असार । हेटौडाका जनप्रतिनिधिहरुले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन् । बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरुले बहिस्कार गर्ने घोषणा गरेका हुन ।

    सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेको जानकारी दिए । प्रदेश सरकारले राजधानी हेटौँडाको विकास निर्माणका लागि बजेट विनियोजन नगरेको उनीहरुको आरोप छ ।

    प्रदेश सरकारले शुक्रबार ६३ अर्ब ६० करोडको बजेट ल्याएको थियो । सो बजेटमा कर्रा करिडोरका लागि १५ करोड विनियोजन गरे पनि हेटौँडाको अन्य विकास पुर्वाधारका लागि बजेट नछुटाए पछि उनीहरु बिरोधमा उत्रेका हुन । उनीहरुका अनुसार हेटौँडा नगर क्षेत्र भित्र हुने हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरू सहभागी भए उनीहरूलाई कालो झण्डासमेत देखाउँदै बहिष्कार गरिनेछ ।

    हेटौँडा १४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरूले प्रदेशका मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्न बाध्य भएको जनाए । उनका अनुसार प्रदेश सरकारको बजेट पूर्वाग्राही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुनेछन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend