२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

उच्च अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब ९५ करोडको कारोबार


सञ्चार डबली
  • आइतबार, माघ २० २०८१
  • 6.2K
    SHARES

  • images
    उच्च अंकले बढ्यो नेप्से परिसूचक, १२ अर्ब ९५ करोडको कारोबार

     

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत मंगलबार पनि बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

    आज नेप्से परिसूचक ६९.८० अंक बढेर २७२७.५८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.६४ अंक बढेको बढ्दा फ्लोट इण्डेक्स ४.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५८ अंक बढेको छ ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत मंगलबार ९ अर्ब ४० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend