२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भारतको बजेट आज सार्वजनिक गरिँदै, नेपालले कति पाउला सहयोग ?


सञ्चार डबली
  • शनिबार, माघ १९ २०८१
  • 6.5K
    SHARES

  • images
    भारतको बजेट आज सार्वजनिक गरिँदै, नेपालले कति पाउला सहयोग ?


    काठमाडौं । भारतमा आज आर्थिक बर्ष २०२५–२६ का लागि बजेट सार्वजनिक गरिँदैछ । अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्वजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्वजनिक हुँदैछ ।  हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन । 

     यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ । जबकि खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।

     सो बजेट मन्तब्य पछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाइ दिँदै आएको छ । 

    भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०–५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो। यद्यपि, १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ। त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend