२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी


सञ्चार डबली
  • शुक्रबार, माघ १८ २०८१
  • 6.4K
    SHARES

  • images
    कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

    शुक्रवार, माघ १८ २०८१
    काठमाडौँ । कुमारी बैंक लिमिटेडको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना बन्ने भएको छ ।

    गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एम. ए. पावर प्रा. लि. ले उक्त जलविद्युत आयोजना निर्माण गर्ने भएको हो ।

    शुक्रबार एक कार्यक्रमकाबिच एम.ए.पावर प्रा. लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र कृषि बिकास बैंक लगायतका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरूबीच लगानी सम्झौता भएको हो ।

    १५ अर्ब १८ करोड ७५ लाख रुपैयाँको संयुक्त लगानीमा ऋण लगानी सम्झौता भएको हो । स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ ।

    साथै, डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशतसम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक Due Diligence Study अगाडि बढाएको कम्पनीका अध्यक्षले बताएका छन् ।

    सोही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा.निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

    आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग कार्तिक १ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको कम्पनीका अध्यक्षले बताएका छन् ।

    आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभीमा जोडिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend