२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

इसेवा र गुडविल फाइनान्सबीच सहकार्य, ३० हजारदेखि २ लाखसम्म सहजै ऋण प्रदान गर्ने सहमति


सञ्चार डबली
  • बुधबार, माघ १६ २०८१
  • 7.2K
    SHARES

  • images
    इसेवा र गुडविल फाइनान्सबीच सहकार्य, ३० हजारदेखि २ लाखसम्म सहजै ऋण प्रदान गर्ने सहमति


    काठमाडौं । इसेवा र गुडविल फाइनान्सबीचको सहकार्यमा आफ्ना ग्राहकलाई ३० हजारदेखि २ लाखसम्म सहजै ऋण प्रदान गर्ने सहमति भएको छ। सहज ऋण सुविधाका साथ इसेवाले वित्तीय प्रविधिको क्षेत्रमा भित्र्याएको नयाँ आयामले अर्को दिशा पाएको छ।

    साना तथा मझौला व्यवसायीको आर्थिक आवश्यकतालाई मध्य नजर गर्दै इसेवाले सहज ऋणको सुरुवात गरेको थियो। अबको यो कदमले ऋणीलाई थप सहज बनाएको इसेवाका वित्तीय सेवाका हेम घिमिरे जानकारी दिए।

    व्यक्तिगत आवश्यकता पूर्ति गर्न होस् वा आफ्नो व्यवसाय विस्तार गर्न यस सहजै पाउने ऋणले मर्चेन्टको जीवनलाई थप सहज र धेरै हदसम्म तनाव मुक्त बनाउने उनको भनाइ थियो।

    यसैगरी यस विधिबाट ऋण लिँदा छिटो, भरपर्दो, सुरक्षित र पारदर्शी भएकोे र आवेदन प्रक्रिया निकै सहज हुनुको साथै एजेन्टको व्यावसायिक सफलताको लागि तयार पारेका कुरामा जोड दिइएको छ।

    इसेवाले सन् २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भई आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ। हाल नेपालको सबै जिल्लामा पहुँच भएको इसेवा, शहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर ८ वटा शाखा कार्यालय र ३ वटा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend