२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंकले पायो ३ अर्बको ऋणपत्र जारी गर्न अनुमति


सञ्चार डबली
  • मंगलबार, माघ १५ २०८१
  • 5.5K
    SHARES

  • images
    एभरेष्ट बैंकले पायो ३ अर्बको ऋणपत्र जारी गर्न अनुमति

    काठमाडौं, माघ १५ । एभरेष्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि माघ १५ गते स्वीकृती पाएको हो ।

    सेबोनले कम्पनीलाई १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता भएको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।

    कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।

    बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend