२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

पार्ले एग्रोको बि-फिज नेपाली बजारमा सार्वजनिक, माल्टको स्वादमा पहिलो पटक चिसो पेय पदार्थ


सञ्चार डबली
  • बिहीबार , जेठ ३२ २०८०
  • 7.9K
    SHARES

  • images
    पार्ले एग्रोको बि-फिज नेपाली बजारमा सार्वजनिक, माल्टको स्वादमा पहिलो पटक चिसो पेय पदार्थ

    काठमाडौं । भारतीय पेय पदार्थ कम्पनी पार्ले एग्रोले नयाँ पेय बि(फिज नेपाली बजारमा सार्वजनिक गरेको छ । स्याउको स्वादमा यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक सार्वजनिक गरिएको हो ।

    यो सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ । बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पि फिज प्रस्तुत गरेको थियो भने अब कम्पनिले बी फिजबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति ल्याउने बताएको छ ।

    यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमान्चक स्वादमा प्रस्तुत भएको छ । पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सिएमओ नादिया चौहान भन्छीन्, ‘पार्ले एग्रो आफ्ना उपभोक्ताहरूका लागि अनुभवहरू बढाउन सधैं अगाडि रहन्छ। हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं, त्यसैले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गर्छौं, जुन हाल बी फिजले गर्छ। ३० रुपेयाँबाट नै यसको मूल्य सुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौं ।’

    पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनि साउथ एसियन वेभरेजेजसँग सहकार्य गर्दै छ। साउथ एशियन बेभरेजका प्रबन्ध निर्देशक आशिष अग्रवालले पार्ले एग्रोको नयाँ उत्पादन बि फिजको वितरण गर्नका लागि तयार रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend