२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुग्छ : उद्योगमन्त्री भण्डारी


सञ्चार डबली
  • आइतबार, माघ १३ २०८१
  • 6.1K
    SHARES

  • images
    विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुग्छ : उद्योगमन्त्री भण्डारी


    काठमाडौं  ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।  आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै  मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि आवश्यक छ । तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बाट कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ ।’

    साथै उनले  समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए ।  उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरी प्रहार हुनसक्ने भन्दै  ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend