२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विद्यालयका कर्मचारीको संघर्ष : रिले अनशनदेखि प्रदर्शनसम्म (फोटो फिचर)


सञ्चार डबली
  • बिहीबार , जेठ ३२ २०८०
  • 8.3K
    SHARES

  • images
    विद्यालयका कर्मचारीको संघर्ष : रिले अनशनदेखि प्रदर्शनसम्म (फोटो फिचर)

     

    काठमाडौं, ३२ जेठ । विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले आज पनि प्रदर्शन गरेका छन् । गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले आज पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

    विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा उनीहरुले काठमाडौं केन्द्रित संघर्ष गरेका छन् । गत सोमबारबाट काठमाडौँको भद्रकालीमा उनीहरुले रिले अनसन सुरु गरेका हुन् ।

    विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend