२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विद्युत् महसुल नतिर्ने एक हजार भन्दा बढी ग्राहकको लाइन काटियो


सञ्चार डबली
  • आइतबार, माघ १३ २०८१
  • 5.4K
    SHARES

  • images
    विद्युत् महसुल नतिर्ने एक हजार भन्दा बढी ग्राहकको लाइन काटियो

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो ।

    कार्यालयका प्रमुख ई रामु श्रेष्ठका अनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो । यस अवधिमा एक हजार चार सय ५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरुबाट दुई करोड ८२ लाख २१ हजार नौ सय १६ राजस्व सङ्कलन भएको छ । प्रमुख श्रेष्ठका अनुसार एक हजार छ सय ६८ जना ग्राहकबाट चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो । वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।

    उनीहरुबाट एक करोड पाँच लाख ४६ हजार एक सय ८८ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने “नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।”

    भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् । यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend