२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रथम गरुडा व्यापार महोत्सव सुरु ,तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा


सञ्चार डबली
  • शनिबार, माघ १२ २०८१
  • 6.0K
    SHARES

  • images
    प्रथम गरुडा व्यापार महोत्सव सुरु ,तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

    काठमाडौं ।  कृषि उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रौतहटको गरुडामा प्रथम गरुडा व्यापार महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा यहाँका कृषकले उत्पादन गरेको कृषिजन्य सामाग्री र पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरि स्टल राखीएको छ । गरुडा नगरपालिका ४ स्थित रहेको श्रीराम सुगर चिनी मिलको प्राङ्गणमा  शुक्रबार देखि महोत्सव सुरु भएको हो । 

    गरुडा नगर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १५ दिनसम्म चल्ने छ । गरुडा नगरका व्यापारीहरूको व्यापार बढाउने एवं जीविकोपार्जन सुधार गर्ने उद्देश्यले बृहत व्यापार महोत्सवको आयोजना गरिएको आयोजक गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सतिश साहले बताए । उनका अनुसार महोत्सवमा हाल ५० भन्दा बढी स्टल राखिएको छ । त्यो संख्या बढेर सय सम्म पुग्ने उनले जानकारी दिए । महोत्सवमा करिब ५ देखि ८ करोडको कारोबार हुने र  तिन लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको संघका अध्यक्ष साह बताए । 

    महोत्सवमा रौतहट सहित सर्लाही, बारा र आसपासका जिल्लाका बासिन्दा आउने आयोजकले जानकारी दिएको छ । मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य तथा खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, मेसिनरी औजार, मेसिनरी सामानका पार्टपुर्जा, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानको स्टल महोत्सवमा छ ।महोत्सवमा बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक र हास्यव्यङय सहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेगरुडा नगर उद्योग वाणिज्य संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend