२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आर्थिक शोषणविरुद्ध जनजागरण अभियानको शुरुवात गर्दै मिटरव्याज पीडितहरू


सञ्चार डबली
  • शनिबार, माघ १२ २०८१
  • 5.9K
    SHARES

  • images
    आर्थिक शोषणविरुद्ध जनजागरण अभियानको शुरुवात गर्दै मिटरव्याज पीडितहरू


    काठमाडौं । मिटरव्याज पीडितहरूले जारी रहेको आर्थिक शोषणविरुद्ध जनजागरण अभियान माघ १४ गतेबाट शुरुवात गर्ने घोषणा गरेको छ । मिटरव्याज विरुद्ध किसान मजदूर आन्दोलन नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर मिटर व्याज पीडितको न्यायका लागि पुनः शान्तिपूर्ण आन्दोलन गर्नका लागि विवश रहेको जनाएको हो ।

    मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले यस पटक पीडितहरूको सहभागितामा अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए । उनले पत्रकार सम्मेलनमा मिटरव्याजको विरुद्ध आन्दोलनको बिस्तार देश व्यापी रुपमा गर्ने पनि बताए । मिटर व्याजका कारणले चार जना सहिद भएको बताउँदै यस अघि पटक पटक सरकारले सम्झौता गरेपनि कार्यान्वयन नगरेको गुनासो गरे।

    सङ्घर्ष समितिका अध्यक्ष कुशवाहाले मिटरव्याजको विरुद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको बताउँदै देशमा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशतले मात्र न्याय पाएको र धेरैले फर्जी कागजकै आधारमा कारागार चलान भएको उदाहरण दिए । राज्यको प्राथमिकतामा राखेर मिटरव्याज पीडितहरूको मुद्दा नरहेको र यदि यही स्थिति जारी रह्यो भने आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनी सङ्घर्ष समितिका केन्द्रीय महासचिव मनोज पासवानले बताए ।

    मिटरव्याज पीडितहरूको जनजागरण अभियानको कार्यक्रम माघ १४ गते जनकपुरधाममा हुने वृहत् घोषणा सभामा सार्वजनिक गरिनेछ । यस अभियानले जनतामा मिटरव्याजको समस्या र यसको समाधानको आवश्यकता बारे गहिरो सचेतना फैलाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend