२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ बैंकका ग्राहकहरूले हार्डरक क्याफेमा विशेष छुट


सञ्चार डबली
  • बिहीबार , माघ १० २०८१
  • 5.9K
    SHARES

  • images
    सिद्धार्थ बैंकका ग्राहकहरूले हार्डरक क्याफेमा विशेष छुट

    काठमाडौँ । सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौँबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र क्याफेबिच बैंकका ग्राहकहरूलाई हार्डरक क्याफे दरबारमार्ग काठमाडौँमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

    उक्त छुट प्राप्त गर्न बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार सो छुट फुड र बेभरेज (नन्–अल्कोहलिक) मा प्राप्त हुनेछ ।

    उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend